८ दलका प्रमुख सचेतकको संयुक्त विज्ञप्ति संसद् विघटनको निर्णय फिर्ता लिन माग
काठमाडौं प्रमुख ८ राजनीतिक दलहरूले संयुक्त रूपमा संसद विघटनको विरोध गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन्।
नेपाली कांग्रेस,एमाले,माओवादी केन्द्र,एकीकृत समाजवादी,लोकतान्त्रिक समाजवादी पार्टी,जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका संसदीय दलका प्रमुख सचेतकहरूले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दाबी गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ,भदौ २७ गते राति राष्ट्रपति कार्यालयबाट जारी भएको संसद विघटनसम्बन्धी सूचना नेपालको संविधान,सर्वोच्च अदालतको नजीर र संवैधानिक परम्पराविपरीत छ।
जननिर्वाचित संस्थामाथि प्रहार गरिएको यो कदम लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक सर्वोच्चतालाई कमजोर पार्ने कार्य भएको भन्दै उनीहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्।

Share on Twitter