नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष पदमा डा। कुञ्जाङ शेर्पा विजयी, को को भए सदस्य ?
काठमाडौं:नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा कुञ्जाङ शेर्पा विजयी भएका छन् । डा गुरुशरण साहलाई ८८४ मतले पराजित गर्दै उपाध्यक्ष पदमा बिजयी भएका हुन् । डा शेर्पाको पक्षमा ५२३४ मत परेको थियो भने उनका निकटतम प्रतिस्पर्धी डा साहले ४३५० प्राप्त गरको निर्वाचन समितिले जनाएको छ ।
नव निर्वाचित डा शेर्पा वीर अस्पतालका मुटुरोग विशेषज्ञ हुन् । उपाध्यक्षका अर्का उम्मेदवार डा अजयसिंह थापाले १८४४ मत प्राप्त गरेका छन् । यस्तै आठ जना सदस्य पदका लागि ३३ जना उम्मेद्धार भएका मध्ये डा छविलाल पन्थीले ४८५७ मत सहित विजयी भएका छन् । दोस्रो स्थानमा डा सारिका गोइत ४४७९ मतका साथ विजयी भएकी छन् ।
निर्वाचनबाट डा दीपेन्द्र पाण्डे ४०१५ मतका साथ साथ विजयी भएका छन् । यसैगरी डा युविनकुमार यादव ३६२८ मतका साथ विजयी भएका छन् । डा अस्मिता पोखरेल ३४०४ मतका साथ विजयी भएकी छन् । यस्तै डा सम्राट पराजुली ३२८२ मतका साथ विजयी भएका छन् ।
डा निना राई ३१११ मतका साथ विजयी भएकी छन् । यसैगरी डा रविन बस्नेत ३०७२ मतका साथ विजयी भएका छन् । यस निर्वाचनका लागि काउन्सिलले काठमाडौँ उपत्यका सहित देशभर २१ वटा निर्वाचन केन्द्र तोकेको थियो । उपत्यका बाहिरका १८ वटा केन्द्रमा ४ देखि ६ पुससम्म र उपयत्यका भित्र गत ११ र १२ पुसमा निर्वाचन भएको थियो ।
Share on Twitter