स्वाशप्रश्वास का बिरामीलाई एउटै छानामुनि उपचार सेवा
काठमाडौं:ललितपुरको मानभवनमा “नेशनल चेष्ट सेन्टर”ले सेवा सुरु गरेको छ । विशेषज्ञ, गुणस्तरीय तथा सहुलियत दरमा सेवा उपलब्ध गराउने उद्देश्यले ललितपुर महानगरपालिका १३ स्थित मानभवनमा “नेशनल चेष्ट सेन्टर” स्थापना गरिएको बताइएको छ । सेन्टरको शनिबार वडा अध्यक्ष गणेश केसीले सुभारम्भ गरेका हुन् । विश्वमा सिओपीडीले मात्र हरेक वर्ष लाखौँ मानिसको लागि मृत्युको कारण बन्ने गरेको छ । नेपालको सन्दर्भमा पनि अवस्था कम चिन्ताजनक छैन।
उपलब्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनहरूका आधारमा नेपालमा करिब १० देखि १२ प्रतिशत वयस्क जनसंख्यामा कुनै न कुनै प्रकारको दीर्घकालीन स्वासप्रश्वास समस्या रहेको अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विगतका प्रतिवेदनहरूमा पनि दीर्घकालीन स्वासप्रश्वास रोगहरू नसर्ने रोग प्रमुख समस्याका रूपमा उल्लेख गरिएको छ। नेपालमा हुने कुल मृत्युको झण्डै ९–१० प्रतिशत हिस्सा सिओपीडी लगायतका दीर्घकालीन फोक्सो रोगसँग सम्बन्धित रहेको तथ्यांकले देखाएको छ ।
दमको समस्या वृद्धवृद्धामा मात्र होइन, बालबालिका तथा युवामाझ समेत बढ्दो क्रममा देखिएको छ । काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषणले स्वासप्रश्वास रोगलाई थप तीव्र बनाइरहेको छ ।बढ्दो समस्यालाई मध्यनजर गर्दै सेन्टर स्थापना भएको सेन्टरका अध्यक्ष मधु घिमिरेले बताए ।सेन्टरमा वरिष्ठ छाती तथा स्वासप्रश्वास रोग विशेषज्ञ चिकित्सकहरूको टोलीले नियमित परामर्श, परीक्षण तथा उपचार सेवा प्रदान गर्नेछ ।
सेन्टरमा उपलब्ध प्रमुख सेवाहरुः
१, फोक्सोको कार्यक्षमता परीक्षण
२, डिजिटल एक्स–रे तथा आवश्यक इमेजिङ सुविधा
३, एलर्जी तथा दमको परीक्षण सम्बन्धि सेवा
४, सिओपीडी, दम, क्षयरोग तथा अन्य दीर्घकालीन स्वासप्रश्वास रोगको समग्र उपचार
५, कोभिड पश्चात फोक्सो परीक्षण क्लिनिक
६, धूम्रपान त्याग परामर्श सेवा
७, विशेषज्ञ परामर्शसहित नियमित फलोअप
८, अत्याधुनिक स्तरको प्रयोगशाला सुविधा
९, बिरामीलाई सहज रूपमा औषधि उपलब्ध गराउन आफ्नै फार्मेसी सञ्चालन
१०, बिरामीलाई एकै स्थानबाट सम्पूर्ण सेवा प्राप्त गर्ने सुविधा दिएको छ । जसले गर्दा बिरामीको समय र खर्च दुवै बचत गर्ने अपेक्षा गरिएको छ ।
Share on Twitter