रास्वपा सांसदको जन्मदिन मुसहर बस्तीमा
नवलपरासीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य विक्रम खनालले आफ्नो जन्मदिन फरक शैलीमा मनाएका छन्। नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद खनालले प्रतापपुर गाउँपालिका–५, धर्मौलीस्थित मुसहर बस्तीमा पुगेर स्थानीय समुदायसँगै आफ्नो जन्मदिन मनाएका हुन्।
जन्मदिनको अवसरमा उनी खाद्यान्न सामग्री लिएर बस्ती पुगेका थिए। उनले मुसहर समुदायसँगै बसेर भोजन गर्नुका साथै उनीहरूका समस्या र आवश्यकताबारे प्रत्यक्ष रुपमा जानकारी लिएका थिए।कार्यक्रमका क्रममा सांसद खनालले मुसहर समुदायका समस्या समाधानका लागि आफू निरन्तर प्रतिबद्ध रहने बताएका छन्।
उनले राज्यका सेवासुविधाबाट पछाडि पारिएका समुदायलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। स्थानीयवासीहरूले सांसद खनालको यो पहलको प्रशंसा गर्दै आफ्नो समस्याप्रति ध्यानाकर्षण गराएकोमा धन्यवाद व्यक्त गरेका छन्।
Share on Twitter