एनएमए बागमती उपाध्यक्ष पदमा डा. अरुण शाहीको उम्मेदवारी घोषणा
काठमाडौं:नेपाल चिकित्सक संघ (एनएमए) को बागमती प्रदेश संयोजक तथा उपाध्यक्ष पदमा मेडिकल अंकोलोजिष्ट डा अरुण शाहीले उम्मेदवारी दिने घोषणा गरेका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक प्राध्यापक तथा एनएमएका आजीवन सदस्य रहेका डा शाहीले भिडियो सन्देशमार्फत उम्मेदवारी घोषणा गरेका हुन्।
उनले पेशागत नैतिकतालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। देशको स्वास्थ्य प्रणाली जटिल मोडमा पुगेको भन्दै अब केवल व्यक्तिगत क्लिनिकल भूमिकाले मात्र समस्यासँग जुध्न नसकिने उनको भनाइ छ ।
उनी भन्छन् , ‘आज नेपालको स्वास्थ्य प्रणाली चुनौतीपूर्ण अवस्थामा छ, जहाँ केवल व्यक्तिगत क्लिनिकल कामले मात्रै चुनौतीसँग जुध्न सकिने देखिदैन। स्वास्थ्य सेवा र चिकित्सकको हक–अधिकारका लागि कानूनी तथा संरचनागत सुधार आवश्यक छ। त्यसका लागि आफू पनि प्रत्यक्ष भूमिकामा रहनुपर्छ भन्ने मलाई महशुस भएको छ। आगामी निर्वाचनमा हाम्रो गौरवशाली संस्थाको बागमती प्रदेश उपाध्यक्षको उम्मेदवार बन्ने निर्णय लिएको छु।’ उनले आगामी निर्वाचनलाई ‘एनएमए उत्सव’का रूपमा मनाउन समेत अपिल गरेका छन्।
Share on Twitter