दल दर्ताका लागि आह्वान
काठमाडौं: निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ । नयाँ राजनीतिक दल दर्ताका लागि कुनै कानुनी समस्या नरहेको तर समयको चाप रहेकाले छिटो तयारी गरेर आउन आयोगले आग्रह गरेको हो ।
दर्ता भएका दलमध्ये कुन–कुनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने हो, त्यसका लागि आयोगले सूचना निकाल्नेछ ।
आयोगमा सूचीबद्ध दलहरूले नै उक्त सूचनाअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि पुनः दर्ता गराउन पाउनेछन् । राजनीतिक दलसम्बन्धी ऐनले तोकेका आवश्यक मापदण्ड पूरा गरेर दल दर्ता गराउन सकिने आयोगले जनाएको छ ।
Share on Twitter