एनआरएनए अष्ट्रेलिया: कसको दाबी वैधानिक?
काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियामा एकता अभियान जटिल देखिएको छ । अन्तर्राष्ट्रिय समितिमा एकताले आशा देखिएपनि अष्ट्रेलियामा भने चुनोति देखिएको छ । विवेक थापा र सन्तोष कुँवरले छुट्टाछुट्टै समुह बनाएर सक्रिय भएका छन् । अहिले कुन समुह वैधानिक भन्ने नै अन्यौलमा छ ।
विवेक थापा नेतृत्वको समूहले करिब एक महिना अघि अधिवेशन सम्पन्न गरी आफ्नो समितिलाई पूर्णता दिएको घोषणा गरेको छ। नयाँ संरचना अनुसार विवेक थापा अध्यक्ष, दीपक पाण्डे उपाध्यक्ष, रञ्जित वन्त मबासचिव, एमी कार्की सचिव, संगम बिक्रम थापा कोषाध्यक्ष, सन्तोष कँडेल सहकोषाध्यक्ष, इथान सक्य पब्लिक अफिसर र सुरेन्द्र सापकोटा प्रवक्ता रहेका छन्। राष्ट्रिय महिलातर्फ अञ्जना बस्नेत र युवा समन्वयकको भूमिकामा प्रतीक पोखरेल छन्। समितिमा सदस्यमा क्षितिज सिंह, हेमन्त लामाछाने, प्रकाश हुमागाईं, नवराज तिमिल्सिना, राम केसी (रेमन), आयुष अधिकारी, जगत थापा मगर, अनिल बि.के., माया प्रसाद सुवाल र सुमन खत्री सदस्यका रूपमा छन्। युवा संरचनामा प्रतीक पोखरेल संयोजक, प्रवेश पौडेल सह संयोजक अशोक ढकाल सचिव, सफल सार्थक खड्का सदस्य, नवकिरण गौतम कोषाध्यक्ष र रमेश डंगोल सदस्य रहेका छन्।
नारी निकुञ्जमा अञ्जना बस्नेत महिला संयोजक तथा सबला बस्नेत सचिवको भूमिकामा छन्। सल्लाहकार समितिमा कानूनी सल्लाहकार डा. शम्शेर थापासहित सुरेन्द्र सिग्देल, केशव कँडेल, नन्दु गुरुङ, निरज श्रेष्ठ, सेसमनी शर्मा, प्रवीण कँडेल, बाबुराम गौतम, भरत पन्त, डा. राजु मानन्दर, दिलीप पोखरेल, मनिष आर्याल उप्रेती, मधुकर गुरुङ, हरि लामिछाने, प्रेम घिमिरे, डा. सचना श्रेष्ठ, डा. कमल देवकोटा र आर्चुत थापालिया रहेका छन्। त्यस्तै आईसीसी सदस्यमा चुन्ना छेत्री, सुवन चौलागाईँ,सीके भुसाल,बिबेक अर्याल, अविष्कार पाण्डे, सुमन न्यौपाने , हिमलाल गैरे,यादव बस्याल, दियाल गिरी रहेका छन् ।
यता सन्तोष कुवर समूहमा बबिन मिश्र उपाध्यक्ष, चूढामणी सापकोटा महासचिव र कल्याण खड्का सचिवको जिम्मेवारीमा छन्। यी दुई संरचनाहरूले देखाउँछन् कि अष्ट्रेलियामा एनआरएनएको संगठनात्मक ढाँचा दुई भागमा विभाजित छ र दुवै समूह आफ्नै आधार र वैधानिकताका दाबी गरिरहेका छन्। नेपालस्थित अन्तर्राष्ट्रिय नेतृत्वबीच भएको एकताले विश्वभरका एनआरएनए सदस्यमा सकारात्मक ऊर्जा थपेको भए पनि अष्ट्रेलियामा कायम रहेको दोहोरो संरचनाले त्यो एकतालाई व्यवहारिक रूपमा लागू गर्न कठिनाइ सिर्जना गरेको छ।
Share on Twitter