कांग्रेस बैठकमा शेखरको प्रश्नैप्रश्न,पार्टी महाधिवेशन २०८२ मंसिर महिनाभित्रै माग
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी नेतृत्व, विशेषगरी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै प्रश्नैप्रश्न गरेका छन् ।
सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका कोइरालाले गठबन्धन निर्माण, अनुशासन समितिको कार्यशैली, भ्रातृ संस्थाको अलपत्र अवस्था र पार्टी सञ्चालन प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीको रूपमा नठान्न चेतावनी दिएका हुन् ।
उनले पार्टीलाई एकढिक्का बनाउने नाममा भएका अपारदर्शी निर्णय र गुटगत पूर्वाग्रहको अन्त्य हुनुपर्नेमा जोड दिए । कोइरालाले माओवादीसँगको गठबन्धन तोडेर एमालेसँग सत्ता सहकार्य गर्नुको ठोस कारण समेत माग गरे ।
कांग्रेस एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ, तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ,’ उनले भने, ’के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो । यदि संविधान संशोधनका लागि यो गठबन्धन हो भने सात बुँदे सहमतिमा उल्लेखित त्यो बुँदा कहाँ पुग्यो।’
अनुशासन समितिको भूमिकामाथि सबैभन्दा बढी आक्रामक देखिएका कोइरालाले सभापति देउवाले नै आफूलाई कारबाही गर्न खोजेको आरोप लगाए ।
उनले पार्टीको महाधिवेशनको २०८२ सालको मंसिर महिनाभित्रै हुनुपर्ने बताए।
म आज धेरै सोचेर भन्दैछु । अब पार्टीको अनुशासन समितिमा केन्द्रीय समिति भन्दा बाहिरका सिनियर साथीहरूलाई राख्नुपर्छ । अहिले अनुशासन समितिमा रहनुभएका साथीहरू कति कमजोर हुनुहुन्छ भने कारबाहीको लागि सिफारिस भएका केन्द्रीय सदस्य साथीहरूलाई एउटा चिठ्ठी सम्म पनि काट्न सक्ने ताकत राख्नु हुँदो रहेनछ । तपाईँका विरुद्ध यस्तो उजुरी छ, के हो भनेर सोध्न सक्ने हैसियत पनि राख्नु हुन्न उहाँहरू । यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन ।
एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराइएको छ कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको छ । कारबाहीमा किन विभेद पर्सा– १ मा गठबन्धनको नाममा लोसपालाई सिट दिइयो । गठबन्धनको उम्मेदवारको ११ सय १७ मत आयो र चौथो हुनुभयो । कांग्रेसका साथी स्वतन्त्र निर्वाचन लड्नुभयो । उहाँको २० हजार ९ सय १७ मत आयो र उहाँ निकट प्रतिद्वन्द्वी हुनुभयो । गठबन्धनका नाममा आफ्नो बलियो सिट किन अरूलाई दिइयो ।
उपचुनावमा बारा–२ मा उपेन्द्र यादवलाई टिकट नदिऔँ, पार्टीकै साथीलाई उम्मेदवार बनाऔँ भन्दा हाम्रो कुरा सुनिएन । मधेस प्रदेशमा उपनिर्वाचन लगत्तै कांग्रेसको नेतृत्वमा सरकार बन्ने तर्क अगाडि सारियो । आज उपेन्द्र यादव कहाँ हुनुहुन्छ र मधेस प्रदेश सरकारमा कांग्रेस कहाँ निर छ यसको पनि जवाफ चाहियो । २०७९ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरियो ।
फेरि २०८० को उपनिर्वाचन मा तनहुँ– १ मा कांग्रेसलाई र चितवन–२ मा एमालेका उम्मेदवारलाई मत माग्दै कांग्रेस सभापति र एमाले अध्यक्षको हस्ताक्षरको विज्ञप्ति आयो । यो कस्तो राजनीति थियो रु अनुशासन समितिको संयोजकले आफूखुसी व्यक्तिगत रूपमा चिठी पठाउनुभएको छ, त्यो अधिकार उहाँलाई कसले दियो रु पर्सा–१ मा महामन्त्रीले लेख्नुभएको पत्रलाई पार्टी जिल्ला सभापतिले किन मान्नुभएन यसको जवाफ कसले दिने हो, चित्त बुझ्ने जवाफ चाहियो ।
विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन, त्यो हेरियो रु क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो रु सभापतिज्यूलाई स्मरण होला, पहिलो पटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो । उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रिय सदस्य लड्ने इच्छा व्यक्त गर्नुभयो । १० वर्ष नपुगेकोले गिरिजाबाबुले सुजातालाई उम्मेदवार बन्न दिनुभएन ।
सर्वोच्च अदालतले दोषी किटान गरिसकेको व्यक्ति आज पनि सर्लाहीको जिल्ला सभापति पदमा बसिरहनुभएको छ, के कारणले उहाँलाई हटाइएको छैन रु यो घट्नाले कांग्रेसलाई कति क्षति पुगेको छ भन्ने कुरा सभापतिज्यू र पदाधिकारीले बुझ्नुभएको छ
निर्वाचनका समयमा गठबन्धनका नाममा निष्ठावान् र इमानदार साथीहरूलाई टिकटबाट वञ्चित गरियो अहिले अनुशासन कारवाहीको कैँची चलाएर फेरि तिनै साथीहरूको राजनीति समाप्त गर्न खोजिंदैछ । पार्टी बलियो बनाउने हो भने एक पटक सबै साथीहरूलाई सचेत गराऔँ रुख चिन्हको उम्मेदवार नभएका निर्वाचन क्षेत्रमा जो साथी स्वतन्त्र रूपले उम्मेदवार बन्नुभयो ।
उहाँहरू सबैलाई एक पटकलाई माफी दिऊँ भनेर मैले पहिलादेखि भन्दै आएको थिएँ र अहिले पनि भन्छु । २०८० भाद्र २४ गते प्रथम राष्ट्रपति डा। रामवरण यादव परासी जिल्ला प्रतापपुर गाउँपालिका वडा नं। ७ मा स्थापना गरिएको वि।पी।कोइरालाको सालिक अनावरण कार्यक्रममा जानुहुँदा, पार्टीका केन्द्रीय सदस्य साथीहरूले नै कार्यक्रम बहिष्कार गर्नुभयो । २०८१ मंसिर १७ गते सप्तरीको कञ्चनपुर नगरपालिकामा विपी कोइरालाको सालिक अनावरणमा मलाई बोलाइयो ।
म आफैँ प्रमुख अतिथि भएर गएको कार्यक्रममा मेरै समूहका पूर्व मन्त्री देखि जिल्लाका सिनियर साथीहरूले मलाई रोक्ने प्रयास गर्नुभयो, कार्यक्रम भन्दा ठिक पहिले उहाँहरूलाई भेटेर बिपीको सालिक अनावरणलाई बहिष्कार गर्ने कांग्रेसी हुनै सक्दैन भनेर रिसाएँ । तर पनि उहाँहरूले कार्यक्रम बहिष्कार गर्नुभयो । वि पी कोइरालाको सालिक अनावरण अवरोध गर्नेहरूलाई अनुशासन लाग्ने कि नलाग्ने, ती साथीहरू कस्ता कांग्रेसी सही कुरा भन्न अब हामीले मुख लुकाउन हुँदैन ।
Share on Twitter