चिकित्सक संघका अध्यक्ष डा.कार्की ओशिनियाको ‘प्रेसिडेंट इलेक्ट ’ बने , २०२५ मा अध्यक्ष हुने
काठमाडौं : नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले एसिया र ओशिनियाको मुलका चिकित्सकहरुको संगठन सिमाओमा नेतृत्व गर्ने भएका छन् । फिलिपिन्समा भएको एसिया र ओशिनियामा मेडिकल एसोसिएसनको परिसंघ ३८ औं महासभामा डा। कार्की ‘प्रेसिडेंट इलेक्ट ’ मा निर्वाचित भएका हुन् ’ ।
उनी सन् २०२५ मा २६ का लागी नेपालको प्रतिनिधित्व गर्दै उनी अध्यक्ष हुनेछन् ।सिमाओमामा १८ वटा देश आवद्ध छन् । उनको कार्यकालमा सिमाओको महासभा नेपालमै हुनेछ ।‘ स्वास्थ्य सेवामा महिलाको प्रभाव ’ को विषयमा विभिन्न देशका प्रतिनिधिले कार्यपत्र प्रस्तुत गरेका थिए ।
डा.कार्कीले नेपाली महिलाको स्वास्थ्यमा पहुँच र प्रभावका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा नेपाल सहित भारत , पाकिस्तान, अष्ट्रेलिया ,फिलिपिन्स , हङकङ , इण्डोनेसिया , जापान , कोरिया , मलेसिया , म्यानमार , सिंगापुर , ताइवान र थाल्याण्ड सहभागी थिए ।
फिलिपिन्स मेडिकल एसोसिएसनले आयोजना गरेको हो । अगष्ट २४ देखी २६ सम्म मनिलामा आयोजना गरिएको थियो । मेडिकल फिजिक्स संगठनहरू बीचको सहयोग र सञ्चार प्रवद्र्धनको काम गर्छ । चिकित्सा क्षेत्रको भौतिक र अन्य गतिविधिको प्रर्वद्धन , मेडिकल फिजिक्स पेशाको स्थिति र अभ्यासको स्तरमा प्रगतिलाई बढावा दिन अन्तर्राष्ट्रिय सम्मेलनहरू, क्षेत्रीय र पाठ्यक्रमहरूको अन्य बैठकहरू आयोजना गर्दै आएको छ ।
Share on Twitter