संविधानको सफल कार्यान्वयनकालागि कांग्रेस एमालेको समीकरण : कृष्णप्रसाद सिटौला
काठमाडौं:नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस एमाले मिलेर संविधानको सफल कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार परिवर्तन अभियान नेपालको प्रथम वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस एमालेको नयाँ समीकरणले मुलुकलाई स्थायित्व दिने भन्दै सरकारमाथि शंका नगर्न आग्रह गरे । यस्तै नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्णसबुज बानियाँले काठमाडौं राजनीतिको क्रिडास्थल भएको टिप्पणी गरे ।
गणेशमान सिंहले हातमा आएको प्रधानमन्त्री पद स्वीकार नगरेपछि काठमाडौं पछि परेको उनकोे भनाइ छ । परिवर्तन अभियान नेपालका अध्यक्ष सुशिल भट्टले अहिलेको युवाहरु दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।
उक्त कार्यक्रमलाई कांग्रेस नेतृ सिर्जना सिंह, तार्केस्बर नगरपालिका उपप्रमुख सिर्जना बुर्लाकोटी , काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष समेत रहेका नेता ख्यामप्रसाद तिवारी ,सबिन तामाङ लगायत नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा विभिन्न चर्चित कलाकार सुगम पोख्रेल , प्रकास कट्बालले सांगीतिक प्रस्तुती समेत दिएका थिए ।
साथै सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरु केपि खनाल , अर्मित तिबारी, यादब खनाल , अनुप रोसन स्थापित , लाई सम्मान समेत गरिएको थियो । परिवर्तन अभियान नेपालले यसअघि काठमाडौंका विभिन्न स्थानमा विविध किसिमका सामाजिक कामहरु गर्दै आइरहेको छ ।