प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाई सांसदको विश्वास
काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आज भएको मतदानमा ओलीले मागेको विश्वासको मतको पक्षमा १ सय ८८ मत परेको छ भने विपक्षमा माओवादी, रास्वपा, राप्रपा र नेकपा एसका ७७ सांसदले मतदान गरे ।
दिन्न भन्नेमा १ मत पर्यो । विश्वासको मतको मत विभाजनको बैठकमा २६३ सांसद उपस्थित थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ ।
कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले ३१ गते सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार ओलीले आज विश्वासको मत लिएका हुन् ।
Share on Twitter