राष्ट्रिय क्यासर रोग निवारण रणनीति स्वीकृत गर्ने स्वास्थ्यमन्त्री प्रदीप पौडेलकाे पहिलो निर्णय
काठमाडौं : नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफुले कामबाट मात्र जवाफ दिने बताएका छन् । मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफु कम बोलेर कामले जवाफ दिने बताएका हुन् ।
मन्त्री पौडेलले एक हप्ताभित्र तत्काल गर्ने काम र दीर्घकालीन कामहरुको सूची सार्वजनिक गर्ने बताए । ‘अबको एक हप्ताभित्र मन्त्रालयले तत्काल के गर्छ भन्ने कुरा र ३ महिनाभित्र, ६ महिनाभित्र र एक वर्षभित्र गर्ने कार्यक्रम सार्वजनिक गर्नेछौं’, उनले भने ।
यस्तै उनले स्वास्थ्य क्षेत्रको समस्या समाधानमा सबै विज्ञहरुसंग छलफल गरेर अघि बढ्ने बताए । उनले कर्मचारी सरुवामा आफ्नो कुनै रुची नरहेको समेत स्पस्ट पारे ।
उनले शुभकामना दिँदा माला, खादा नभई स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिन आग्रह गरेका छन् ।सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिएपछि मन्त्रालय पुगेका पौडेलले माला र खादा लगाउन अस्वीकार गरेका हुन् ।
मन्त्री पौडेलले राष्ट्रिय क्यासर रोग निवारण रणनीति स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन्
Share on Twitter