एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त
काठमाडौं:एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको रुपमा नियुक्त गरेका हुन् ।
संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।
नवनियुक्त प्रधानमन्त्रीको सोमबार बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Share on Twitter