अमेरिकी एयर फोर्सको जहाज नेपालमा किन आयो : पूर्णबहादुर घर्ती
काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले अमेरिकी एयर फोर्सका पाँच वटा जहाज नेपाल आएको दाबी गर्दै यस विषयमा सरकारसँग जवाफ मागेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गत वैशाखको दोस्रो हप्ता अमेरिकी एयर फोर्सको जहाज कतारबाट नेपाल आएको बताए ।
‘गत वैशाख ६, ७, ८ र ९ गते अमेरिकी एयर फोर्सको पाँच टा जहाज कतारबाट प्रत्येक साँझ आउने र बिहान फर्किने गरे । यसैगरी यही असार २ गते पनि मलेसियाबाट सोही एयर फोर्सको जहाज साँझ आएर बिहान फर्कियो’, घर्तीले भने, ‘यी जहाजहरुमा के सामान आयो रु कसका लागि ल्याइयो रु सामान्य हो भने प्राइभेट जहाज आउनुपर्ने, सैन्य सामग्री हो भने किन र के प्रयोजनका लागि ल्याइयो ’
यी विषयमा सरकारी र निजी सञ्चार माध्यमबाट पनि जानकारी नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
शक्तिशाली राष्ट्रहरु महाशक्ति बन्ने होडबाजीका कारण नेपाजजस्तो देशको सार्वभौमसत्ता संवेदनशील बनेको सांसद घर्तीले बताए ।
Share on Twitter