तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता

काठमाडौं:तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त विधेयक राष्ट्रियसभामा दर्ता गराएकी हुन् ।
काठमाडौंको तिलगंगामा रहेको तिलगंगा आँखा उपचार केन्द्रले आँखाको सबैथरी उपचारसँगै लेन्स उत्पादन गर्दै आएको छ ।
३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले उक्त विधेयक संसदमा पेश गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो ।