स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी हेरफेर
काठमाडौं:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका केही उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रालयले केही विभाग र अस्पताल प्रमुखमा जिम्मेवारी हेरफेर गरेको हो ।
मन्त्रालयले आयुर्वेद विभागको महानिर्देशकमा डा प्रदीप केसीलाई जिम्मेवारी दिएको छ । यसअघिका महानिर्देशक डा.बासुदेव उपाध्याय लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा भएपछि उक्त पद रिक्त थियो । यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा यदुचन्द्र घिमिरेको सरुवा भएको छ ।
मन्त्रालयले भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा कृष्ण प्रसाद पौडेललाई दिएको छ। भरतपुर अस्पतालमा यसअघि डा श्रीराम तिवारी प्रमुख थिए।