उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको राजिनासंगै, जसपा नेपाल सरकारबाट बाहिरियो
काठमाडौँ, ३१ बैशाख । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजिनामा दिएका छन् । जनता समाजवादीका तर्फबाट मन्त्री बनेका उनले सोमबार प्रधानमन्त्रीलाई भेटेर बुझाएका हुन् । यादव दुई महिना अघि स्वास्थ्यमन्त्री बनेका थिए । पार्टी दुई धारमा पुगेपछि यादवले राजिनामा दिएका हुन् ।
उनले बुझाएको राजिनामा पत्रमा बर्तमान समयमा विकसित नयाँ राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भन्दै राजिनामा दिनु परेको उल्लेख गरेका छन् ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका यादव गत २७ फागुनमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा नियुक्त भएका थिए ।
पछिल्लो पटक अमेरिका भ्रमण गएका बेला पार्टी फुटेपछि उनी बर्तमान गठबन्धनसंग रुष्ट थिए । उनको पार्टीमा अधिकांश सांसद अशोक राईको नेतृत्वमा गठित जनता समाजवादी पार्टीमा आवद्ध रहेका छन् ।
यसैबीच यादव संगै उनका पार्टीबाट बन तथा भू संरक्षण राज्य मन्त्री बनेका दीपक कार्कीले पनि राजिनामा दिएका छन् ।
Share on Twitter