गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा सीता कुमारी सुन्दास
पाेखरा : गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा सीता कुमारी सुन्दास नियुक्त भएकी छन् । सोमबार मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्दै एमालेको कोटाबाट २ जना मन्त्री थप गर्दै सुन्दासलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेकपा एमालेकी सुन्दास गण्डकी प्रदेश स्याङ्जा -१ को (क) बाट निर्वाचित सांसद हुन् ।त्यस्तै वेदबहादुर गुरुङ ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् । दुबै मन्त्रीले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
Share on Twitter