नेपाल न्युट्रास्युटिकल्स कस्मेस्युटिकल्स एसोसिएसनको अध्यक्षमा विप्लव रञ्जित चयन
काठमाडौं:नेपाल न्युट्रास्युटिकल्स कस्मेस्युटिकल्स एसोसिएसन (एनएनसिए)को अध्यक्षमा विप्लव रञ्जित चयन भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा सुशान्त मुरारका, उपाध्यक्षमा डा. चन्दन न्यौपाने, महासचिवमा सुरज पौडेल, कोषाध्यक्षमा संजिव काफ्ले र सचिवमा विनोद विष्ट चयन भाएका छन्।
त्यसैगरी सदस्यहरुमा दिपक राज पाण्डेय, परशुराम भटराई, श्याम सुन्दर श्रेष्ठ, अनिल थापा, शोभा थापा, सुदिप राज सुवेदी र किशोर घिमिरे चयन भएका छन्। काठमाडौंमा एक कार्यक्रम गरी कार्यसमिति चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल चिकित्सक संघका अध्यक्ष अनिल विक्रम कार्कीले बिरामीहरु रोगसँग जुधिरहँदा भविष्यमा रोग नदोहोरियोस् भन्नका लागि आहारपुरक सामग्रीको प्रयोग महत्वपूर्ण रहेको बताए।
नेपाल आयात हुने यस्ता सामग्रीहरुको आयात तथा बिक्री वितरणको नीतिका नेपाल औषधि विभाग तथा खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागबीच सहकार्य हुन जरुरी रहेको उनको भनाइ छ । यस्तै कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत शिव भण्डारीले २०७२ सालदेखि नै आहारपुरक सामग्रीको बिक्रीको अनुमति भएपनि हालसम्म आयातकर्ता तथा औषधि व्यवस्था विभागबिच द्वन्द्व रहेको बताए।
यता नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष शिवराज बास्कोटा, नेपाल फार्मेसी संघका निवर्तमान अध्यक्ष अमृत खनाल, प्रजातान्त्रिक फार्मेसी संघका अध्यक्ष सुदिप सुवेदीलगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै गुणस्तरीय फूड सप्लिमेन्टको बिक्रीवितरणमा ध्यान दिनुपर्ने कुरामा जोड दिए।
Share on Twitter