एजीएचएसएनको अध्यक्षमा प्राडा रमेश सिंह भण्डारी चयन
काठमाडौं:एकेडेमी अफ जीआई एण्ड एचपीबी सर्जन्स नेपाल (एजीएचएसएन)को अध्यक्षमा कलेजो प्रत्यारोपण तथा ग्यास्ट्रो सर्जन प्राडा रमेश सिंह भण्डारी चयन भएका छन् ।
गत शुक्रबार काठमाडौमा बसेको सर्जनहरुको भेलाले प्राडा भण्डारीको नेतृत्वमा एजीएचएसएन गठन गरेको हो । यस्तै उपाध्यक्षमा डा शरद पोखरेल, महासचिवमा डा नारायण बेलावासे, कोषाध्यक्षमा डा विष्णु कँडेल, सह(सचिवमा डा निराजन सुवेदी र डा निशान्त कोइराला चयन भएका छन् ।
सदस्यहरुमा डा नरेन्द्र पण्डित, डा नवीन पोखरेल, डा सुरेन्द्र साह, डा राजेश मण्डल, डा कुनाल देव रहेका छन्। एकेडेमीको साइन्टिफिक चेयरमा भने डा पलेशवा जोशी लाखे छिन्। यो संस्थाले अध्ययन तथा अनुसन्धानका कार्यहरुमा सक्रिय हुने बताइएको छ । यो कार्यसमितिको कार्यकाल तीन वर्षको रहने बताइएको छ ।
Share on Twitter