स्वास्थ्य मन्त्रालयमा हाजिर भए सचिव बुर्लाकोटी
काठमाडौँ:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन तर्फका सचिव मधुसुदन बुर्लाकोटीले आजबाट जिम्मेवारी सम्हालेका छन् । उपराष्ट्रपति कार्यालयबाट स्वास्थ्य मन्त्रालयमा सरुवा भएका बुर्लाकोटीले यसअघिपनि स्वास्थ्य मन्त्रालयमा काम गरेका थिए ।
बुर्लाकोटी विसं २०७५ बैशाख देखि २०७६ भदौसम्म स्वास्थ्य मन्त्रालयमा सहसचिवको रुपमा कार्यरत थिए । स्वास्थ्य मन्त्रालयमा दुई जना सचिवको दरबन्दी रहेको छ । प्रशासन तर्फको सचिव रहेकी देवकुमारी गुरागाईँ गत फागुनको अन्तिममा अवकाश पाएपछि सो पद रिक्त थियो ।
रिक्त रहेको स्थानमा मन्त्रिपरिषदले बुर्लाकोटीलाई जिम्मेवारी दिएको हो। आज विहान साढे १० बजे रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर उनी हाजिर भएका हुन् । सो अवसरमा उनलाई अर्का सचिव डा. रोशन पोखरेल सहित कर्मचारीहरुले स्वागत गरेका थिए ।
Share on Twitter