मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा तीन जनाको नाम सिफारिस
काठमाडौं:नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा तीन जनाको नाम सिफारिस भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुत्री डा. सुमन नेपाल , डा रिकेश जंग कार्की र डा मनोजमान श्रेष्ठको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको जनाइएको छ ।
नेपाल मेडिकल काउन्सिल ऐन २०२० दफा ४ मा काउन्सिलको समितिको गठन बारेमा उल्लेख छ । यसमा केही सरकारले मनोनित गर्ने, केही निर्वाचनबाट आउने र केही पदेन सदस्य बन्ने व्यवस्था छ । आज बस्ने मन्त्री परिषद्को बैठकले सम्भवत यी तीन जनालाई काउन्सिल सदस्यमा नियुक्ती गर्ने बुझिएको छ ।
Share on Twitter