बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ
हेटौंडा:बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले पदभार ग्रहण गरेका छन्। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार श्रेष्ठलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
नवनियुक्त मन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सर्वपक्षीय आत्महत्या न्यूनीकरण सम्बन्धी संयन्त्र बनाई व्यापक जनचेतना फैलाउने निर्णय गरेका छन्। मन्त्री श्रेष्ठले बागमती प्रदेशमा रहेका १३ वटै प्रादेशिक अस्पतालहरू र आयुर्वेद चिकित्सालयहरूमार्फत मानसिक रोगको निदान एवं उपचार सेवा प्रदान गर्ने निर्णय गरेका हुन्। उनले स्थानीय तहको साझेदारीमा समुदाय स्तरमा मानसिक स्वास्थ्यको स्क्रिनिङ्ग र निदान एवं मनोसामाजिक परामर्शलाई सुदृढीकरण गर्ने निर्णय पनि गरेका छन्। श्रेष्ठ दोस्रो पटक स्वास्थ्य मन्त्री भएका हुन्। यसअघि उनी एक वर्षअघि २ महिना स्वास्थ्यमन्त्री भएका थिए।
Share on Twitter