स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई
काठमाडौं:स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएका छन् । प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै नेकपा एमालेसहित रास्वपा लगायतका दालहरुसँग नयाँ गठबन्धन गरेका छन् ।
आज तीनजना मन्त्री नियुक्त गरेपनि मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन । नयाँ गठबन्धन गरेका दलहरुबीच भागबन्डा मिलेपछि मन्त्रालयमा कुन दलबाट को मन्त्री हुने भन्ने टुंगो लाग्ने बताइएको छ।
नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। नयाँ मन्त्रीहरुले सपथ लिएसँगै यसअघिका मन्त्रीहरु सबै हटेका छन्।

Share on Twitter