मध्यविन्दु जिल्ला अस्पताल स्तरोन्नतिकालागि मुख्यमन्त्रीको ध्यानाकर्षण
काठमाडौं:गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मध्यविन्दु जिल्ला अस्पताल, नवलपुरको स्तरोन्नतिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
जिल्ला अस्पताल व्यवस्थापन समितिसहित पुगेका नवलपुरको टोलीसँग मुख्यमन्त्री पाण्डेले स्तर उन्नतिकालागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले अस्पताललाई जग्गाकाे भोगाधिकार दिने प्रक्रिया प्रारम्भ गर्नेदेखि सेवा थप गर्ने सम्मको प्रतिबद्धता जनाएको अस्पताल विकास समितिका अध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए । साथै मुख्यमन्त्री पाण्डेले निर्माणाधीन भवन छिटो सम्पन्न गराउन कुनै कसर बाँकी नराख्ने बताए ।
यस्तै अस्पतालले दिने सेवालाई समेत गुणस्तरीय र व्यवस्थित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिए । उनले डायलिसिस सेवाको क्षमता दोब्बर बनाउने बताए ।
मुख्यमन्त्रीको साथमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा , प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आले मगर को पनि उपस्थिति रहेको थियो ।

यस्तै नवलपुरबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य , प्रदेश सभाका पूर्व सदस्य,लगायत पालिका प्रमुखहरूले सरकारको ध्यानाकर्षण गराएका थिए ।
Share on Twitter