शैक्षिक प्रमाणपत्र नक्कली भएको आशंकामा एक जना डाक्टर पक्राउ
काठमाडौं:नक्कली शैक्षिक प्रमाणपत्र भएको आशंकामा प्रहरीले एक जना डाक्टरलाई पक्राउ गरेको छ। त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका डाक्टरले आफू चीनमा अध्ययन गरेको दाबी गरेका छन्। तर प्रहरीले उनीसँग अध्ययन गरेका प्रमाणपत्रहरु माग गर्दा उनले सक्कली प्रमाणपत्रहरु देखाउन सकेका छैनन्।
Share on Twitter