नेपाल स्वास्थ्यकर्मी संघ दाङको अध्यक्षतामा हरी पुनमगर
काठमाडौं:नेपाल स्वास्थ्यकर्मी संघ दाङको अध्यक्षतामा हरी पुनमगर चयन भएका छन् । दाङको धारापानीमा सम्पन्न भेलाले चार वर्षका लागि पुनमगरको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संघको खुला उपाध्यक्षमा प्रदिप योगी, उपाध्यक्ष महिलामा कविता शर्मा, उपाध्यक्ष सरकारीमा नारायण शर्मा, उपाध्यक्ष निजिमा चिरञ्जीवी ढकाल, महिला स्वास्थ्य स्वयंसेविकातर्फको उपाध्यक्षमा धना जिसी, समावेशी उपाध्यक्षमा बबि महत चयन भएका छन् ।
यस्तै सचिवमा रुपलाल पाण्डे, कोषाध्यक्षमा रमेश बुढाथोकी चयन भएका छन् । सहसचिवमै सरकारी क्षेत्रबाट वीरेन्द्र खड्का, निजी क्षेत्रबाट रमिता गौतम,स्वास्थ्य स्वयंसेविकातर्फ तिला जि एम र युवाका तर्फबाट बिक्रम राना सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा कृष्ण आचार्य, कुलराज चौधरी, बिष्णु भण्डारी र राजदेवि चौधरी पनि सर्वसम्मत चयन भएका छन् ।
Share on Twitter