गठबन्धनले जनतालाई धोका दिइरहेको छ:फारुकी
काठमाडौं:नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सिराज फारुकीले सत्ता गठबन्धनले देशलाई धोका दिइरहेको बताएका छन् ।
हेटौँडामा सुरु भएको नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै एमाले केन्द्रीय सदस्य समेत रहेका फारुकीले गठबन्धन रहेसम्म देशले विकासको गति नलिने बताए ।यस्तै उनले आफ्नो अधिकार स्थापित गर्दा मुस्लिम समुदाय एक हुनुपर्ने बताए ।
संविधान जारी भएको ८ वर्ष बितिसक्दा समेत मुस्लिम अधिकारको पक्षमा ऐन, कानुन निर्माण हुन नसक्नु दुःखद भएको बताउदै आफूहरूले सदन मार्फत मुस्लिम समुदायको अधिकार स्थापनाको लागि आवाज बुलन्द गरेको बताए ।
आजबाट सुरु भएको बागमती प्रदेश प्रथम अधिवेशनले बढीमा ३३ सदस्यीय कमिटी निर्माण गर्ने नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय उपमहासचिव एवम् संगठन विभाग प्रमुख जगुल मियाले बताए । अधिवेशनमा बागमतीका १३ जिल्लाका करिब १ सय जना प्रतिनिधिहरू रहेको आयोजकले जनाएको छ ।
Share on Twitter