राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि ५२ जना उम्मेदवार(सूचीसहित)
काठमाडौं:राष्ट्रिय सभा निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । माघ ११ गते बिहीवारका दिन हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारलाई मनोनयनपत्र दर्ता गर्न समय दिइएको थियो ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज सोमबार १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
निर्वाचन कार्यक्रम अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुनेछ ।


Share on Twitter