त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्द
काठमाडौं:त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्द भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले यसअघि गरेको दरखास्त आह्वानसहितको सूचना रद्द गरेको हो ।
समितिले यही पुस २० गते शुक्रबार सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । सूचनामा उल्लेख गरिएको प्रावधानबारे विवाद भएपछि रद्द गरिएको हो ।

Share on Twitter