क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्यकाे त्रिवि शिक्षण अस्पतालमा उपचार
काठमाडौं:क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दम बढेपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।
शनिवार साँझदेखि अस्पतालमा उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा निरज बमले जानकारी दिए । ७८ वर्षीय बैद्य लामो समय देखि दमको समस्यामा छन् । उनलाई अहिले अक्सिजनको सहायता दिइएको डा बमले बताए ।
‘दम बढेर ल्याउनु भएको हो । अहिले अक्सिजन सपोर्टमा हुनुहुन्छ । स्वास्थ्य अवस्था सामान्य उन्मुख हुँदै गएको छ,’ डा. बमले भने ।बैद्यको उपचार अस्पतालको एकेक्स २ मा भइरहेको छ ।
Share on Twitter