नेपाल मुस्लिम संघको गण्डकी प्रदेश भेला सम्पन्न
पोखरा:नेपाल मुस्लिम संघको गण्डकी प्रदेश भेला सम्पन्न भएको छ । नेपाली काँग्रेसको भातृ संस्था संघको शनिबार प्रदेश स्तरीय दोस्रो भेला पोखरामा सम्पन्न भएको हो ।
संघका प्रदेश अध्यक्ष शाह मोहम्मद मियाँको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व अर्थ तथा सञ्चार मन्त्री समेत रहेका प्रतिनिधी सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्कीले अब कुरा गर्ने नभई काम गरेर देखाउनुपर्ने समय आएको बताए । नेपाल समृद्ध बनाउने सपना साकार बनाउन सबै इमान्दार भएर लाग्नुपर्ने उनको भनाई छ ।
अब कुरा भन्दा पनि जनताको हितमा काम गरेर देखाउने बेला आएको छु उनले भने हामी दलिय स्वार्थ त्यागेर इमान्दार भएर लागे नेपाललाई १० वर्षभित्र एसियाको समृद्ध मुलुक बनाउन सकिन्छ । उनले जलस्रोत, कृषि, पर्यटनलगायतका क्षेत्रमा पर्याप्त सम्भावना भएकाले ती क्षेत्रमा लगानी बढाउन सके नेपाल सम्पन्न राष्ट्र बन्न समय नलाग्ने बताए ।
नेता कार्कीले नेपालमा मुस्लिम समुदायले प्रस्तुत गरेको इमान र विश्वास सम्मान गर्न लायक रहेको बताए । राज्यका हरेक तह र तप्काबाट पाउने अवसर र अधिकारबाट मुस्लिम समुदाय ठगिदै आएको स्विकार गर्दै उनले आगामी दिनमा त्यसलाई सच्याएर अघि बढ्नुपर्ने तर्क गरे । संविधानले दिएको अधिकार जनताले महसुस गर्ने गरी दिन जरुरी रहेको समेत उनले बताए ।
आगामी राष्ट्रिय सभाको निर्वाचनको उम्मेदवार छनोटको प्रसङ्ग निकाल्दै कार्कीले नेपाली काँग्रेसले भुगोल, समुदाय, योगदान सबैको कदर हुने गरी उम्मेदवार बनाउने आश्वासन समेत दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका अर्का केन्द्रिय सदस्य अब्दुल सत्तारले राष्ट्रको मुल धारमा अझैपनि मुस्लिम समुदायको प्रतिनिधित्वको अवस्था कमजोर रहेको र संविधानले तोकेको अधिकार दिन समेत राज्यले कन्जुस्याँई गरिरहेको दुखेसो गरे ।
‘नेपालका मस्लिम समुदायले कहिलेसम्म अधिकारका लागि तड्पिनुपर्ने हो रु’ संघका संस्थापक अध्यक्ष समेत रहेका सत्तारले भने ‘संविधानले अधिकार त तोकेको छ, तर समुदायले महसुस कहिले गर्न पाउने र?’
मुस्लिम लगायत पछाडी परेका र पारिएका समुदायको अधिकार स्थापित गराउन काँग्रेसको योगदान स्मरण गर्दै सत्तारले संविधानको सफल कार्यान्वयनका लागि पनि काँग्रेसले नै नेतृत्व लिनुपर्ने तर्क गरे ।
त्यस्तै गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री समेत रहेकी काँग्रेस केन्द्रिय सदस्य सरस्वती अर्यालले राजनीतिक परिवर्तनका लागि हुने प्रत्येक आन्दोलनमा मुस्लिम समुदायको भूमिका उल्लेखनीय रहेकोे बताउँदै मुस्लिम समुदायका महिलाहरु पनि राजनीतिक क्षेत्रमा अगाडि आउन जरुरी रहेको बताइन् ।
कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष अताबुल मन्सुरीले आगामी राष्ट्रिय सभा निर्वाचनमा मुस्लिम समुदायबाट कम्तिमा एक जना सदस्य ग्यारेन्टी गर्न नेपाली काँग्रेससंग माग गरेका छन् ।
ुपार्टीको संगठन मजबुत बनाउन हामीले देशैभर काम गरेका छौ, १४ लाख मुस्लिम समुदायमध्ये ६० प्रतिशतभन्दा बढी भोट रुखमा हाल्ने वातावरण बनाएका छौु अध्यक्ष मन्सुरीको प्रश्न छ तर हाम्रो योगदानको मुल्यांकन किन हुँदैन रु अवसरबाट मुस्लिम समुदाय कहिलेसम्म बञ्चित हुनुपर्ने ?
कार्यक्रमलाई सम्बोधन गर्दै संघका उपाध्यक्ष नुरमोहम्मद मियाँ, जब्बारदिन मियाँ, सकिना मियाँ, सचिव रहमतुल्ला मियाँ, सराफत अली, रहिम मियाँ लगायतले समेत मुस्लिम समुदाय राज्यबाट पाउने अवसरबाट बञ्चित भइरहेको बताएका थिए । उनिहरुले काँग्रेसले मुस्लिम लगायतको अधिकार सुनिश्चित गर्न पहलकदमी लिनुपर्नेमा जोड दिए ।
भेलाको अवसरका मुस्लिम संघले गण्डकी प्रदेशभरबाट गत बर्षको एसईई परिक्षामा उत्कृत्ट अंकसहित उत्तिर्ण हुने डेढ सय भन्दा बढी मुस्लिम विधार्थी तथा संघका तेस्रो महाधिवेशनबाट प्रदेशबाट निर्वाचित केन्द्रिय पदाधिकारी र सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।
संघको गण्डकी प्रदेश समितिद्धारा आयोजित भेलामा कास्की, स्याङ्जा, म्याग्दी, गोरखा, तनहुँ, लमजुङ, बागलुङ लगायतका मुस्लिम बसोबास रहेका जिल्लाहरुबाट गरी करिब ६ सय भन्दा बढीको सहभागिता रहेको थियो ।
Share on Twitter