डा.पौडेललाई वीरको निर्देशकमा पुर्नवहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं:सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलेलाई पुर्नवहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार सर्वाेच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश दिएको हो ।
निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीको लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएपछी उनी स्वास्थ्य मन्त्रालय तानिएका थिए ।
त्यसविरुद्ध पौडेलले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन पौडेललाई गत फागुनमा तत्कालीन स्वास्थ्यमन्त्री पदम गिरीले वीर अस्पतालको निर्देशकमा नियुक्त गरेका थिए। दुई वर्षे कार्यकालका लागि नियुक्त भएका पौडेलको पदावधी अझै झण्डै १५ महिना बाँकी छ ।
Share on Twitter