बागमती प्रदेशमा स्वास्थ्यका चार जना कर्मचारी एघारौँ तहमा बढुवा
काठमाडौं:बागमती प्रदेश सरकारका चार जना कर्मचारी एघारौँ तहमा बढुवा भएका छन् । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश निजामती ऐन २०७९ अनुसार चार जना कर्मचारीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
बैठकले स्वास्थ्य तर्फ दीपक तिवारी, डा. वसन्त अधिकारी, डा. अर्जुन प्रसाद सापकोटा र डा. नरेन्द्र कुमार झालाई ११ औँ तहमा बढुवा गरी नियुक्त गरेको बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले जानकारी दिए ।
उनका अनुसार यस अघि नै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरी उनीहरूलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको थियो । तर, अदालतमा मुद्दा परेपछि बढुवा प्रक्रिया रोकिएको थियो । अदालतले उक्त मुद्दाका सम्बन्धी रिट खारेज गर्ने निर्णयसँगै प्रक्रिया अघि बढाइएको हो ।
Share on Twitter