नेपालमा राज संस्थाको आवश्यकता किन ?

नेपाली कांग्रेसमा लामो समय सक्रिय भएका विष्णु प्रसाद ढकाल अहिले राजसंस्थाको वकालत गरिरहेका छन् । नेपाली कांग्रेसमा लामो समय सक्रिय भएका ढकाल कांग्रेसमा महासमिति सदस्य समेत बनेका थिए । बिपीले देखाएको बाटो भन्दा फरक बाटो कांग्रेस लागेपछि उनी बिपी कांग्रेसमा सक्रिय भए ।
उनलाई लागेको थियो यो पार्टीले हिजो कांग्रेसले बिराएको बाटो सुधार गर्दै जानेछ । तर बिपी कांग्रेसपनि नेपाली कांग्रेसकै बाटोमा लागेपछि उनी निराश भए । देसलाई समृद्ध बनाउने सपना देखेर राजनीतिमा सक्रिय भएका ढकालले सोधेजस्तो पार्टी राजनीति हुन सकेन ।
अहिले उनी राजतन्त्रको वकालत गर्दै छन् । हिजो त्यही राजा फालेर जनताको हातमा शासन सत्ता सुम्पिन ज्यानको बाजी लगाएर आन्दोलनमा होमिएका ढकाल पुरानै शासनको पक्षमा लाग्दै छन् । हामीले उनलाई फेरी नेपालमा राजाको आवश्यकता किन ? भनेर सोधेका छौँ ।
नेपालमा राज संस्थाको आवश्यकता किन ?
राज्यले जनतालाई अत्यन्तै पिडा दिएको छ अर्को कुरा यो व्यवस्थाले जनताका इच्छा आकाङ्क्षा अनुसार काम गर्न सकेन । जनताहरु निराश छन् । राज्य भएको अनुभूति नै गर्नै पाइएको छैन । जनतामाथि दमन हुन थालेकाले आफैले फालेको राज पुनः फर्किनु पर्छ भन्न लागेका हुन् ।
अहिलेको राष्ट्रपति भन्दा राजाले धेरै काम गरेका थिए । गणतन्त्र भनेको छ जसले जे गरे पनि हुने हो र ? राष्ट्रपतिले पदको ख्याल नै गर्नुभएन । दिउँसै मान्छे काट्दै हिँड्नेलाई पनि माफी दिएका छन् । यसले गर्दा झन् अराजकता फैलियो । जेलबाट माफी पाएर निस्कियो निस्केको दुई दिनमै फेरी मान्छे मार्ने । यसमा राष्ट्रपतिको विवेक गुमेको देखिन्छ । जसले गर्दा आम मानिसमा गणतन्त्रप्रवास पैदा भएको छ ।
अहिले देशको अर्थतन्त्र झनै खस्कँदो स्थिति छ । महँगीले जनता मारमा छन् सरकार मुख दर्शक मात्र बनेको छ ।बिचौलियाको बिगबिगी छ । सरकारले एक बिलो चिनी दिन सकेको छैन । जनतालाई ऋणले च्यापेको छ । तर सरकार कता छ कहाँ छ अत्तो पत्तो छैन । दैनिक हजारौँ युवाहरू आफ्नो परिवार छाडेर बिदेसिनुपरेको छ । यस्तो पनि कहीँ गणतन्त्र हुन्छ ? हिजो हामीले लडेको यसैकालागि हो र ? गणतन्त्रका नाममा पार्टीले समानुपातिक तवरले राखेको कोटामा पनि आफ्ना श्रीमती, छोरा, छोरी साला सालीको लाइन लगाएर जनतालाई उल्लु बनाइरहेको छ । यसले पाटी प्रति जनताको विश्वास पनि गुम्दै गइरहेको छ ।
पार्टीका ठुला नेताहरूको विगतले पनि उनीहरूलाई विश्वास गर्न सकिँदैन । आपराधिक संरक्षणमा नै उनीहरू लागिपरेका छन् । गणतन्त्र के का लागि भन्ने प्रश्न अहिले सबै नागरिकको मनमा छ । गणतन्त्रका नाममा यस्ता खालका गतिविधि हुने हो भने यो गणतन्त्र चाहिँदैन त्यसको विकल्पमा राज संस्था सहितको प्रजातन्त्र यो देशमा आवश्यक छ । यो संविधान पनि विदेशीले लेखेर ल्याइदिएको हो । नभए हिजोका दिनमा नेपाली जनताले दिएको सुझावका पोका नखोली किन राखेको ?जनताको भावनामाथि किन खेलबाड ? यदि दलहरू जनताप्रति बफादार छन् भने जनमतसंग्रह गरेर नै हेरौँ थाहा भइहाल्छ नि । जनता के चाहन्छन् भनेर ।
सोझा साझा जनतालाई जनताको छोराछोरीले अवसर पाउने नाउँमा ठगी रहेका छन् । नेताहरूलाई समृद्ध बनाउनका लागि यो व्यवस्था राखिरह्यो भने हाम्रो देश नै टाट पल्टिन्छ ।यसको प्रयोगको शैली हेरौँ, राज्यले सङ्घीयता धान्न सक्छ की सक्दैन । राज्य कोषको रकम कहाँ जाँदैन, अहिले प्रहरीलाई तलब भत्ता खुवाउने अवस्था छैन । प्रशासन सञ्चालन गर्न र नेताको भुडि भर्नलाई जनतालाई करमा डुबाइएको छ । सोझो जनता जहाँको त्यही छ ।
छोरा छोरी पढाउन सकेको छैन । राज्यले खै ध्यान दिएको । त्यसैले यो व्यवस्थाको विरोध गरौँ । हामीले चाहेको यो देशमा हिन्दु धर्म सहितको राज संख्या हो यसले सम्पूर्ण जनतालाई र राज्यलाई समेट्छ । यसले राष्ट्रको विकास हुन्छ । हाल देशमा भएको आन्दोलनले राजा आउँ देश बचाउ भन्ने सोच राखेको छ ।
यस आन्दोलनले काठमाण्डौका जनतासँग देश बचाउनको लागि आन्दोलनमा सहयोग हुन्छ की भन्ने आशा राखेको थियो तर ठिक त्यसको विपरीत भएको छ । राज्य भित्र अराजक गतिविधि हुने भएकोले नै नागरिकहरू यसरी आन्दोलनमा होमिने हो ।