वीर अस्पतालको निमित्त निर्देशकमा डा श्रवण कुमार थापा
काठमाडौं:वीर अस्पतालको निमित्त निर्देशकमा डा श्रवण कुमार थापा नियुक्त भएका छन्। स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गत १४ मंसिरमा निर्देशक डा. सन्तोष पौडेललाई पदमा नरहने गरी मन्त्रालय तानेपछि सहायक निर्देशक थापालाई निमित्त निर्देशक बनाइएको हो ।
थापालाई अर्कौ व्यवस्था नहुन्जेल सम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको बताइएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र बस्नेतले दैनिक प्रशासनिक कार्य संचालन गर्ने गरी थापालाई निमित्त निर्देशक नियुक्त गरेका हुन्।
पार्टीमा आवद्दता देखिएपछि निर्वाचन आयोगले वीर अस्पतालका तत्कालिन निर्देशक डा सन्तोष पौडेललाई कारबाहीको लागि सिफारिस गरेको थियो। लगत्तै स्वास्थयमन्त्री माोहन बस्नेतले डा पौडेललाई मन्त्रालय तानेका थिए।
Share on Twitter