सिन्धुलीका समस्यालाई समाधान गर्न प्रयत्नशील छुँ : राजन दाहाल
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य राजन दाहाले सिन्धुलीको विकासकालागि आफूले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
मरिण गाउँपालिका ६ पापमा भएको तिहार साँस्कृतिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिन्धुलीमा देखिएका समस्यालाई समाधान गर्न आफू प्रयत्नशील रहेको बताए ।
जनताले चाहेको विकासकालागि सधैँ जनतासँग हातेमालो गर्दै अघि बढ्ने उनको भनाइ छ । साथै उनले नेपालका पर्वहरूले नेपालमा शान्ति र स्थायित्वका साथै समृद्धि र भाइचारा कायम राख्न मध्द्धत पुगोस् भन्ने शुभकामना ब्यक्त गरे ।
Share on Twitter