एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै,
संसदको प्रमुख प्रतिपक्षमा बस्ने
काठमाडौं: नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । आज बिहान बसेको एमालेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन तत्कालकालागि फिर्ता नलिने निर्णय गरेको हो ।
मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए ।
सोमबार कार्यसूचीमा रहेको बजेटसम्बन्धी अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने र संसदको प्रमुख प्रतिपक्षमा बस्ने एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
Share on Twitter