मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौँ : आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन । भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टी निकट एक नेताले जनाए । बैठक अबको केही समय पछि अर्थात बिहान ८ बजे सुरु हुने जनाइएको छ ।
शुक्रबार मध्यरात मा गएको भूकम्पमा परी जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् ।
Share on Twitter