नेकपा एमाले मधेस प्रदेशको पदाधिकारी सर्वसम्मत चयन, अध्यक्ष बने मण्डल
काठमाडौं:नेकपा एमाले मधेस प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा सिरहाका चण्डेश्वर मण्डलसहित पाँच जनासर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा संविधानसभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट ) र मोहम्मद कैस (धनुषा) चयन भएका छन् ।
निर्वाचन प्रक्रियाले उनीहरुको नाम अनुमोदन गर्ने एमालेका मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए । जनकपुरधाममा अस्ति बुधवारदेखि जारी एमालेको प्रथम अधिवेशनमा हिजो बिहीवार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारीपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत सहमतिमा पदाधिकारीहरू सर्वसम्मत चयन भएका हुन् । सदस्यहरुमापनि सर्वसम्मत गराउन प्रयास भइरहेको छ ।
Share on Twitter