नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दै
काठमाडौं:नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दै छ । आजका बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतंकवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने जनाइएको छ ।
छलफलपछि सरकारलाई सुझाव समेत दिने एजेण्डा रहेको जनाइएको छ ।शनिबार भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । केही घाइते भएका छन् भने थुप्रै उद्धारको पर्खाइमा छन् ।
Share on Twitter