स्थानीय तहका कर्मचारी आन्दोलमा,अत्यावश्यक बाहेकका काम ठप्प
काठमाडौं:स्थानीय तहका कर्मचारीहरूको आन्दोलन शुक्रबार पनि जारी छ । आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनिहरुको चेतावनी छ ।
७५३ वटै स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन गर्न लागेका हुन् । संसद्मा पेस हुने तयारीमा रहेको सङ्घीय निजामती ऐनप्रति असन्तुष्ट जनाउँदै स्थानीय तहका कर्मचारीहरूले सङ्घर्ष समिति बनाएरै आन्दोलन गर्दै आएका छन् ।
समितिका संयोजक दीपक गौतमले शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा ठप्प पार्दै,अनिश्चितकालका लागि पेन डाउन गर्ने निर्णय भएको बताए ।



Share on Twitter