नेपालगन्जमा १२ घण्टाकालागि हट्यो कर्फ्यु
काठमाडौं:बाँकेको नेपालगन्जमा लागेको कर्फ्यु आदेश दिउँसको समयमा हटाइएको छ । बिहान ८ बजेबाट राती ८ बजेसम्मका लागि कर्फ्यु हटाइएको हो ।
सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर हिन्दु मुस्लिम समुदायबीच उत्पन्न विवादका कारण १६ गतेदेखि जिल्ला सुरक्षा समितिको निर्णयबाट उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएको थियो ।
पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँगा चोक र दक्षिणमा जमुनाहा सीमा नाका चार किल्ला तोकी अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएकोमा आज बिहान ८ बजेबाट राती ८ बजेसम्मका लागि हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
राती ८ बजेबाट भोली बिहान ६ बजेसम्म भने कर्फ्यु आदेश कायम रहने जारी सूचनामा उल्लेख छ । कर्फ्यु खुलेको अवस्थामा पनि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।

Share on Twitter