एमाले कर्णाली प्रदेश अधिवेसनमा आईतबार मतदान
काठमाडौं :नेकपा एमाले कर्णाली प्रदेशको मतदान प्रक्रिया आईतबार हुने भएको छ । शनिबार साझ ६ बजेबाट मतदान प्रक्रिया सुरु हुने भनिए पनि व्यवस्थापनको अभावका कारण मतदान प्रक्रिया भोलिकालागि सारिएको हो ।
दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहेपनि नामावली प्रकाशनमा ढिलाइ भएपछि मतदानको प्रक्रिया ६ बजेदेखि गर्ने भनिएको थियो ।
तर, उक्त समयमा पनि निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको हो । अध्यक्ष मण्डलका अध्यक्ष समेत रहेका एमाले प्रदेश इञ्चार्ज लेखराज भट्टले अब भोलि आइतबार बिहान ८ बजेबाट मतदान सुरु हुने बताए । कर्णालीमा अध्यक्षका लागि तीन जना, उपाध्यक्षका लागि तीन, सचिव दुई, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेल अधिवेशनबाट पाँच पदाधीकारीसहित एक सय ३५ सदस्य चयन गर्नेछ ।
Share on Twitter