डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं : केपी शर्मा ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाक्टरहरू प्रति सम्मान र हार्दिकता विकास गर्न आग्रह गरेका छन् । पछिल्लो समय डाक्टरहरूमाथि हातपात दुर्व्यवहार भएकोप्रति दुख ब्यक्त गर्दै डाक्टरहरूलाई सम्मान गर्न अनुरोध गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत उनले डाक्टर माथिको दुर्व्यवहार बन्द गर्न आग्रह गरेका हुन् । उनले आफ्नो जीवनमा डाक्टरको भूमिका ठुलो रहेको पनि उल्लेख गरेका छन् ।
’मेरो जीवनमा डाक्टरको ठुलो भूमिका छ। डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु। आजभोलि उपचार गरिरहेका डाक्टरहरूलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु। मेरो अनुरोध छ – डाक्टरहरू प्रतिको दुर्व्यवहार बन्द गरौँ । सम्मान र हार्दिकता विकास गरौँ,’ ओलीले लेखेका छन्।

डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढ्दै गएपछि देशभरिका स्वास्थ्यकर्मी आन्दोलनमा छन् ।
Share on Twitter