उपचारसम्बन्धी गुनासो भए चिकित्सकमाथि आक्रमण होइन काउन्सिलमा उजुरी दिनु
काठमाडौं:नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुले स्वास्थ्य उपचार गर्ने क्रममा कुनै लापर्बाही गरेमा काउन्सिलमा उजुरी दिन आग्रह गरेको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै उपचारसँग सम्बन्धित विषयमा काउन्सिलमा उजुरी गर्ने व्यवस्था हुँदाहुँदै चिकित्सकमाथि नै आक्रमण गर्नु दुःखद भएको जनाएको छ।
‘विगत केही महिनादेखि देशका विभिन्न स्वास्थ्य संस्था, केन्द्रहरुमा उपचारको लागि आएका बिरामीहरूको स्वास्थ्य उपचार गर्ने सिलसिलामा बिरामीहरूको दुःखद निधन भएको विषयलाई लिएर चिकित्सकहरुमाथि भौतिक रुपमा आक्रमण गर्ने गरी भएको घटनाप्रति नेपाल मेडिकल काउन्सिलको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

Share on Twitter