माओवादीका स्वास्थ्य विभाग सदस्य डा.दीपक कोइरालाले राजीनामा दिए
काठमाडौं:नेकपा (माओवादी केन्द्र)का स्वास्थ्य विभाग सदस्य डा.दीपक कोइरालाले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् । चिकित्सकमाथीको आक्रमणमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएको जनाएका हुन् ।
डा. कोइरालाले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदासमेत चिकित्सकले पिटाइ खानुपरेको, प्रहरी प्रशासनले उल्टै गुण्डागर्दीमा उत्रिएकालाई जोगाउन खोजेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत आफुले राजीनामा दिएको घोषणा गरेका हुन् ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कडा कारबाही गर्ने कानून नबनेसम्मका लागि पार्टीको काममा नफर्किने भन्दै राजीनामाको घोषणा गरेका हुन् ।
Share on Twitter