प्रचण्डविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्धामा दुवै पक्षको बहस सकियाे,फैसला मंसिरमा आउने
काठमाडौं:प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्धामा दुवै पक्षको बहस सकिएको छ । सात बर्षदेखि अड्किएको मुद्दामा आइतबार दुवैतर्फको बहस सकिएको हो । बहस सकिएपनि निर्णय भने २८ मंसिरमा सुनाउने भएको छ ।
द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ वैशाखमा विवादास्पद अभिव्यक्ति दिएका थिए । २०७३ वैशाखको अन्तिम हप्ता राष्ट्रिय सभागृहमा माओवादी कार्यकताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको भनी अभिव्यक्ति दिएका थिए ।
माओवादी विरुद्ध अदालतलाई प्रयोग गरिएको र दिउँसै रात पार्ने प्रपञ्च भएको भन्दै उनले आक्रोश पोखरेका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले मुद्दामा आइतबार निर्णय सुनाउने मिति तोकेको हो ।
Share on Twitter