शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने नेपाल सरकारको प्रमुख एजेण्डा : प्रचण्ड
कठमाडौं:प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने नेपाल सरकारको प्रमुख एजेण्डा भएको बताए ।
शान्ति, न्याय र परिपूरणबीचको सन्तुलन कायम राख्दै संक्रमणकालीन न्यायका बाँकी काम टुंगो लगाउने गृहकार्य अन्तर्गत संसदमा त्यस सम्बन्धी संशोधन विधेयक पेस गरिएको जानकारी पनि उनले गराए ।
सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौतीका बारेमा पनि जानकारी गराएका थिए । प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट आजै चीन प्रस्थान गर्ने र १३ असोजमा स्वदेश फर्किने कार्यतालिका रहेको छ ।




Share on Twitter