एनआरएनए मध्यपूर्व संयोजकमा दोहोरिने राजेन्द्र अर्याललेको घोषणा
काठमाडौं: एनआरएनए मध्यपूर्व संयोजक राजेन्द्र अर्यालले पुनः सोही पदमा दोहोरिने घोषणा गरेका छन् । आफ्नो नेतृत्वको एनआरएनए मध्यपूर्वको सुरुवात भएको दाबी गर्दै आफ्ना योजना लाई पूर्णता दिन कालागि दोहोरिन चाहेको बताए ।
आफूले सुरुवात गरेका नयाँ कामलाई पूर्णता दिनका लागी आफ्नो उम्मेदवारी रहने उल्लेख गरेका छन् । उनले ६ बुँदे घोषणापत्र सार्वजनिक गर्दै आफ्नो पक्षमा मतदान गर्न अपिल समेत गरेका छन् ।
अर्यालले उम्मेदवारी घोषणा गर्दै राहत र उद्दार कार्यमा सदैव तत्पर रहने, बैदेशिक रोजगार ऐन २०६४ लाइ पूर्ण रूपमा कार्यान्वयन गर्न/गराउन सरोकारवालाहरू संग पहल गर्ने, त्यस्तै अन्य सामाजिक संघ/संस्थासँग मिलेर सहकार्य गर्ने, अन्तराष्ट्रिय समन्वय परिषद र मध्यपूर्बका एनसिसिसंँग सहकार्य गरेर कार्य योजना बनाइ कार्यदिशा तय गर्ने लगायतका प्रतिबद्धता जनाएका छन् ।
घोषणा पत्र :
१ ) राहत तथा उद्धार कार्यमा सदैव तत्पर रहँदै स्वदेश फर्कने नेपालीहरूलाई पुनःस्थापनको लागि नेपाल सरकार र सरोकारवाला संग समन्वय गर्नेछु ।
२) बैदेशिक रोजगार ऐन २०६४ लाई पुर्ण रुपमा कर्यान्वयन गर्न / गराउन सरोकारवालाहरु संग पहल गर्नेछु ।
३) सामाजिक सुरक्षा कोषमा आबद्ध हुनलाई सम्पुर्ण आप्रवासी नेपालीहरुलाई सहजीकरण गर्नेछु ।
४) अन्य सामाजिक संघ / संस्था संग मिलेर सहकार्य गर्नेछु ।
५) अन्तर्राष्ट्रिय समन्वय परिषद् र मध्यपूर्वका एन सि सि हरुसंग सहकार्य गरेर कार्य योजना बनाई कार्यदिशा तय गर्नेछु । ६) मध्यपूर्वबाट पर्यटकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्न पर्यटन प्रबर्द्धनका कार्यक्रमहरुको आयोजना गर्नेछु ।

Share on Twitter